जिल्लाको पश्चिमी भेगको प्रशासनिक कामकाज गर्न वि.सं. २०५७ सालमा इलाका प्रशासन कार्यालय दुल्लुको स्थापना भएको हो । हाल यो कार्यालय दुल्लु नगरपालिका वडा नं. ७ स्थित दुल्लुको पताङ्गिनी बजार क्षेत्रमा छ । प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिम हाल जिल्लाको पश्चिमी भगेका ३ नगरपालिकाहरु दुल्लु नगरपालिका (साविकका गा.वि.स. दुल्लु १-९, मालिका, गौरी, गमौडी, कालभैरव), चामुण्डा विन्द्रासैनी नगरपालिका (साविकका गा.वि.स. चामुण्डा, जम्बुकाँध, लयाँटी विन्द्रासैनी) , आठबीस नगरपालिका (साविकका गा.वि.स.हरु सात्तला, सिंगाौडी, राकमकर्णाली, सिंहासैन, तिलेपाटा) र २ गाउँपालिकाहरु भैरबी गाउँपालिका (साविकका गा.वि.स.हरु रावतकोट, भैरीकालिकाथुम, कुशापानी र काशिकाँध -८) , ठाँटीकाँध गाउँपालिका (साविकका गा.वि.स.हरु लकान्द्र, विशाला, ताेलीजैसी) क्षेत्रका नागरिकहरुलाई सेवा दिइरहेको छ ।
यस कार्यालयले खास गरी आफ्नो कार्य क्षेत्र भित्रका नागरिकहरुलाई देहाय बमोजिम सेवा प्रदान गर्दै आएको छ -
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, दुल्लु, दैलेख .