Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, दैलेख

इलाका प्रशासन कार्यालय, दुल्लु, दैलेख

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, दैलेख

इलाका प्रशासन कार्यालय, दुल्लु, दैलेख

बिहीबार, श्रावण ७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालयको परिचय

जिल्लाको पश्चिमी भेगको प्रशासनिक कामकाज गर्न वि.सं. २०५७ सालमा इलाका प्रशासन कार्यालय दुल्लुको स्थापना भएको हो । हाल यो कार्यालय दुल्लु नगरपालिका वडा नं. ७ स्थित दुल्लुको पताङ्गिनी बजार क्षेत्रमा छ । प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिम हाल जिल्लाको पश्चिमी भेगका ३ नगरपालिकाहरु दुल्लु नगरपालिका (साविकका गा.वि.स.हरु दुल्लु १-९, मालिका, गौरी, गमौडी, कालभैरव), चामुण्डा विन्द्रासैनी नगरपालिका (साविकका गा.वि.स.हरु चामुण्डा, जम्बुकाँध, लयाँटी विन्द्रासैनी) , आठबीस नगरपालिका (साविकका गा.वि.स.हरु सात्तला, सिंगाौडी, राकमकर्णाली, सिंहासैन, तिलेपाटा) र २ गाउँपालिकाहरु भैरबी गाउँपालिका (साविकका गा.वि.स.हरु रावतकोट, भैरीकालिकाथुम, कुशापानी, दुल्लु-१० र काशिकाँध -८) , ठाँटीकाँध गाउँपालिका (साविकका गा.वि.स.हरु लकान्द्र, विशाला, ताेलीजैसी) क्षेत्रका नागरिकहरुलाई सेवा दिइरहेको छ ।

यस कार्यालयले खास गरी आफ्नो कार्य क्षेत्र भित्रका नागरिकहरुलाई देहाय बमोजिम सेवा प्रदान गर्दै आएको छ -

  • बंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र जारी गर्ने ।
  • प्रतिलिपि नागरिकता जारी गर्ने ।
  • नावालक परिचय पत्र जारी गर्ने ।
  • ठाडो उजुरी सुनी सो उपर आवश्यक कारवाही गर्ने ।
  • आपूर्ति व्यवस्थालाई सहज वनाई राख्न वजार अनुगमन गर्ने, कालो वजारी तथा तस्करी नियन्त्रण सम्वन्धी प्रारम्भिक कार्य गर्ने ।
  • आफ्नो ईलाका भित्रका सरकारी कार्यालयहरुको निरीक्षण एवं सार्वजनिक सेवा वितरण कार्य छिटो छरितो र गुणस्तरीय तुल्याउन आवश्यक सहयोग,समन्वय र सहजीकरण गर्ने ।
  • शान्ति सुव्यवस्था कायम राख्न प्रमुख जिल्ला अधिकारीलाई सहयोग गर्ने ।
  • ईलाका भित्र पर्ने सुरक्षा निकायको  काम कारवाही उपर रेखदेख, नियन्त्रण र सुपरिवेक्षण गर्ने ।
  • विकास निर्माणका कार्यमा स्थानीय तहहरु लगायत सम्वद्ध पक्षको सहयोग, समन्वय र अनुगमन गर्ने ।
  • गै .स.स. का काम कारवाहीका सम्वन्धमा अनुगमन, निरीक्षण, नियमन गर्ने, नवीकरण गर्ने ।
  • सरकारी सम्पत्तिको रेखदेख, मर्मत सम्भार गर्न लगाउने ।
  • स्थानीय तहहरुबाट शिफारिस भई आएका विविध व्यहोरा प्रमाणित गर्ने ।
  • ईलाका भित्र अवैध मदिरा नियन्त्रण र नियमन सम्वन्धी कार्य गर्ने ।
  • लागू ‌औषध नियन्त्रण सम्वन्धी कार्यमा समन्वय गर्ने ।
  • भैपरि आउने अन्य कार्य गर्ने ।


पछिल्लो अपडेट गरिएको : 2082-05-18 14:07:58

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, दुल्लु, दैलेख