Turn off Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

District Administration Office, Dailekh

Area Administration Office, Dullu, Dailekh

Government of Nepal Logo
Government of Nepal

District Administration Office, Dailekh

Area Administration Office, Dullu, Dailekh

Friday, Kartik 20, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Normal Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Office Introduction

जिल्लाको पश्चिमी भेगको प्रशासनिक कामकाज गर्न वि.सं. २०५७ सालमा इलाका प्रशासन कार्यालय दुल्लुको स्थापना भएको हो । हाल यो कार्यालय दुल्लु नगरपालिका वडा नं. ७ स्थित दुल्लुको पताङ्गिनी बजार क्षेत्रमा छ । प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिम हाल जिल्लाको पश्चिमी भगेका ३ नगरपालिकाहरु दुल्लु नगरपालिका (साविकका गा.वि.स.  दुल्लु १-९, मालिका, गौरी, गमौडी, कालभैरव), चामुण्डा विन्द्रासैनी नगरपालिका (साविकका गा.वि.स. चामुण्डा, जम्बुकाँध, लयाँटी विन्द्रासैनी) , आठबीस नगरपालिका (साविकका गा.वि.स.हरु सात्तला, सिंगाौडी, राकमकर्णाली, सिंहासैन, तिलेपाटा) र २ गाउँपालिकाहरु भैरबी गाउँपालिका (साविकका गा.वि.स.हरु रावतकोट, भैरीकालिकाथुम, कुशापानी र काशिकाँध -८) , ठाँटीकाँध गाउँपालिका (साविकका गा.वि.स.हरु लकान्द्र, विशाला, ताेलीजैसी) क्षेत्रका नागरिकहरुलाई सेवा दिइरहेको छ ।

यस कार्यालयले खास गरी आफ्नो कार्य क्षेत्र भित्रका नागरिकहरुलाई देहाय बमोजिम सेवा प्रदान गर्दै आएको छ -

  • बंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र जारी गर्ने ।
  • प्रतिलिपि नागरिकता जारी गर्ने ।
  • नावालक परिचय पत्र जारी गर्ने ।
  • ठाडो उजुरी सुनी सो उपर आवश्यक कारवाही गर्ने ।
  • आपूर्ति व्यवस्थालाई सहज वनाई राख्न वजार अनुगमन गर्ने, कालो वजारी तथा तस्करी नियन्त्रण सम्वन्धी प्रारम्भिक कार्य गर्ने ।
  • आफ्नो ईलाका भित्रका सरकारी कार्यालयहरुको निरीक्षण एवं सार्वजनिक सेवा वितरण कार्य छिटो छरितो र गुणस्तरीय तुल्याउन आवश्यक सहयोग,समन्वय र सहजीकरण गर्ने ।
  • शान्ति सुव्यवस्था कायम राख्न प्रमुख जिल्ला अधिकारीलाई सहयोग गर्ने ।
  • ईलाका भित्र पर्ने सुरक्षा निकायको  काम कारवाही उपर रेखदेख, नियन्त्रण र सुपरिवेक्षण गर्ने ।
  • विकास निर्माणका कार्यमा स्थानीय तहहरु लगायत सम्वद्ध पक्षको सहयोग, समन्वय र अनुगमन गर्ने ।
  • गै .स.स. का काम कारवाहीका सम्वन्धमा अनुगमन, निरीक्षण, नियमन गर्ने, नवीकरण गर्ने ।
  • सरकारी सम्पत्तिको रेखदेख, मर्मत सम्भार गर्न लगाउने ।
  • स्थानीय तहहरुबाट शिफारिस भई आएका विविध व्यहोरा प्रमाणित गर्ने ।
  • ईलाका भित्र अवैध मदिरा नियन्त्रण र नियमन सम्वन्धी कार्य गर्ने ।
  • लागू ‌औषध नियन्त्रण सम्वन्धी कार्यमा समन्वय गर्ने ।
  • भैपरि आउने अन्य कार्य गर्ने ।


Last Updated : 2082-05-18 14:07:58

© All Rights Reserved to Area Administration Office, Dullu, Dailekh