Government of Nepal Logo
Government of Nepal Logo
Government of Nepal

District Administration Office, Dailekh

Area Administration Office, Dullu, Dailekh

Government of Nepal

District Administration Office, Dailekh

Area Administration Office, Dullu, Dailekh

Low Bandwidth Invert Color A- A A+

Introduction to Dailekh District 2075-09-23

  • परिचय

दैलेख जिल्ला कर्णाली प्रदेशमा प्रर्ने एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम दैलेख बजार हो। दैलेख जिल्ला कर्णाली प्रदेश क्षेत्र अन्तर्गत पूर्वमा जाजरकोट उत्तरमा कालिकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्ल्लाका वीचमा रहेको एक रमणीय मध्य पहाडी जिल्ला हो । यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौंबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको यस पहाडी जिल्लाको उत्तर सिरमा मनमोहक महावुलेक दक्षिण र पश्चिममा कर्णाली नदी र जिल्ला भित्र लोहोरे छामघाट खोला शीरस्थान, नाभिस्थान, पादुका, कोटीला धुलेश्वर जस्ता पानीमाथि दीप ज्वाला वल्ने पाँचकोशी तीर्थस्थलका नामले प्रसिद्ध रहेकाका क्षेत्रहरू यहाँ छन् । भैगोलिक रूपमा विकट रहेतापनि यो जिल्लाको पर्यटकीय विकासका सम्भावना उच्च रहेको छ । यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरूमा नारायण नगरपालिका, दुल्लु, रानीमत्ता, नौमुले, वेस्तडा, कर्णाली नदीको काखमा अवस्थित तल्लो डुङेश्वरबजार, ठाँटीकाट, रामघाट बजार रहेका छन् । प्राकृतिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको यस जिल्ला धार्मिक र प्राकृतिक तथा जल सम्पदामा पनि धनि रहेको छ । विभिन्न मठ, मन्दिर, पर्यटकीय तिर्थस्थल तथा विभिन्न नदीहरूका साथमा रहेका प्राकृतिक मनोरम दृश्यहरू तथा प्राकृतिक श्रोतको व्यापक उपलब्धता यस जिल्लाका पर्यटकीय सम्भावनाका आधारहरू हुन्। यस जिल्लामा तिब्रतर रूपमा सडक, पुल-पुलेसा, मठ, मन्दिर, देवल, होटल, लज र ब्यापारिक केन्द्रहरू निर्माणमा रहेका छन् । जिल्लाको लकान्द्रा गा.वि.स.को जौचौरको पहिरोमा तामाफलामको खानीहरू पुरिएको छ भन्ने भनाइ रहेको छ। त्यस्तै कालिकोट र दैलेखको सिमानामा पर्ने भुवानथानको लेकमा स्थानिय भाषामा झिलझिले ढुङ्गा भनिने काईनेटिक ढुङ्गाको खनन तथा प्रसोधन भैरहेको छ। यसै गरी दैलेखमा चुनढुङ्गाअभ्रखका खानीहरू छन् भन्ने वैज्ञानिकहरूको भनाई रहेको छ। जिल्लाको विभिन्न स्थानमा पाइने सिलेट घरको छानो बनाउने प्रयोगका लागि बाह्य जिल्लामा समेत निर्यात गरिन्छ ।

  • इतिहास

दैलेख जिल्ला बाइसे चौबिसे राज्यकालमा खस राज्यको शीतकालीन राजधानीको रूपमा परिचित दुल्लुबेलासपुर राज्यमा विभाजित थियो । प्राचीन र मध्यकालमा दुई राज्यमा विभाजित यस जिल्लालाई शाहकालीन नेपालको पुर्नएकीकरण अभियानमा बहादुर शाहले सन १७८९ तिर नेपालमा गाभेको तथ्य ऐतिहासिक वर्णनहरूमा पाइन्छ । [१] जिल्लाका विभिन्न ठांउमा रहेका मन्दिर, देवल, शिलालेख आदिले यस जिल्लाको ऐतिहासिक परिचय दिइरहेका छन्। सदरमुकाम स्थित पुरानो बजारमा रहेको प्रसिद्ध कोतगढी पुरानो युद्धकिल्लाको रूपमा थियो भन्ने विश्वास गरिन्छ । बि.सं.२००९ साल अघि अछाम, सुर्खेतजाजरकोट जिल्लाका केही क्षेत्रहरू यसमा गाभिएका थिए । [१] राजा रजौटा उन्मुलन ऐन २०१६ पछि आधुनिक नेपालको प्रशासनिक ढाँचा बमोजिम गौडा र २०१८ सालपछि यो जिल्ला पूर्वमा भैरीलेक र कट्टीभञ्ज्याङ्ग उत्तरमा महाबुलेक, पश्चिममा कर्णाली नदी, दक्षिणमा तीनचुला भित्रको भूभागलाई दैलेख जिल्लाको सिमाङ्कन गरिएको थियो। [१] दैलेख जिल्लाको दुल्लु क्षेत्रलाई राणा कालका पहिला प्रधान मन्त्री जंग बहादुर राणाको बाल्यकाल बितेको ठाउँ भनेर पनि चिनिन्छ। दैलेख जिल्लाले २००७ सालको क्रान्तीमा पश्चिम नेपालको लागी अग्रीम स्थान हासिल गरेको छ। तत्कालीन भुमीगत नेपाली काँग्रेसका दैलैख नाउले कटुवालका शेर सिंह खड्काले कालिकोट, जुम्ला, अछाम, डोटी आदी पश्चिमी जिल्लाहरू कब्जा गरेको कुरा ऐतिहासिक वर्णनमा उल्लेख गरिएको छ। २०३६को जनमत संग्रहमा र २०४६ जन आन्दोलनमा पनि दैलेखका रंग बहादुर शाही, बिनोद कुमार शाह, मणी राज रेग्मी गणेश बहादुर खड्का, शिव राज जोशी, रंग नाथ जोशी गोविन्द बन्दी, हेम बहादुर शाही, हर्क बहादुर शाही, पुर्ण ब. शाही, भद्र ब. शाही, तर्क ब. बडुवाल, बजिर सिंह बि.क. चिदानन्द स्वामी जस्ता अधिकांश नेताहरूले साथ दिएका थिए। त्यस्तै २०६३को जन आन्दोलनमा पनि माथी उल्लेखित व्यक्तिहरूका साथै केही नयाँ नेताहरू जस्तै:- थिर ब. कार्की, रत्नेश श्रेष्ठ, कृष्ण बी.सी. राज ब. बुढा, राम प्रसाद जैसी आदी नेताहरूले साथ दिएका थिए। हाल सम्म यो जिल्लाबाट सांसदमा निर्वाचीत भएर प्रतिनिधित्व गर्ने व्यक्तीहरूको विवरण यस प्रकार छ।

  • १- राष्ट्रिय पंचायत सदस्य (२०४६ अघाडी)
  1. कर्ण ब. सिंह
  2. केशव ब. शाह (२ पटक)
  3. डा.प्रेम ब. शाही
  4. गगन ब. शाही
  • २- प्रतिनिधी शभा सदस्य (२०४६ पछाडी)
  1. गणेश ब. खड्का (प्र. स. स. निर्वाचन क्षेत्र नं. १ तिन पटक)
  2. नर बहादर हमाल (प्र. स. स. निर्वाचन क्षेत्र नं. १ )
  3. रंग ब. शाही (प्र. स. स. निर्वाचन क्षेत्र नं.२)
  4. बिनोद कुमार शाह (प्र. स. स. निर्वाचन क्षेत्र नं.२)
  5. शिव राज जोशी (सभासद निर्वाचन क्षेत्र नं.२)
  6. राज ब. बुढा (सभासद निर्वाचन क्षेत्र नं.२ दुइ पटक )
  7. अमर बहादुर थापा (सभासद क्षेत्र नंवर १)
  8. रविन्द्रराज शर्मा (सभासद क्षेत्र नंवर १)
  9. लक्ष्मी पोख्रेल (सभाद क्षेत्र नंवर २)
  10. रत्न बहादुर बि.क. (रा.स.स.)
  11. रंग नाथ जोशी (रा.स.स.)
  12. कुन्ती शाही (समानुपातीक शभासद २ पटक)
  13. जग्य ब. शाही (समानुपातीक शभासद)
  14. भरत रेग्मी (समानुपातीक शभासद)

माथी उल्लेखित व्यक्तीहरूमा केशव ब. शाह, गणेश ब. खड्का, बिनोद कुमार शाह र शिव राज जोशी नेपालको मंत्री परिषदमा मंत्री बनेका छन्।

  • नामाकरण

यस जिल्लाको नाम दैलेखको उत्त्पत्ति बारे निम्नानुसारका किंवदन्तिहरू पाइन्छन् [१]

  • पौराणिक कालमा दधिचि महर्षिले तपस्या गरी बसेको स्थान हुनाले उनको नामबाट "दधिलेक" नाम रहन गएको र पछि अपभंस हुदै दधिलेकबाट दैलेख नाम रहन गएको
  • यो क्षेत्र देवताहरूको निवासस्थान भएकोले यसलाई देवलोक भनिन्थो। पछि अपभ्रंस हुदै दैलेख नामाकरण हुन गएको
  • यहाँ प्रशस्त मात्रामा दहि-दुध पाइने भएकाले "दहिलेक" भनिदै गइ पछि दैलेख नाम रहन गएको
  • भौगोलिक अवस्थिति
  • अक्षांस: २८.३५" देखि २९.८" उत्तर
  • देशान्तर: ८१.२५" देखि ८१.५३" पूर्वमा
  • सिमाना: पूर्व जाजरकोट, पश्चिम अछाम, उत्तर कालिकोट, दक्षिण सुर्खेत जिल्ला
  • क्षेत्रफल: १५०२ वर्ग कि.मि. (देशको कुल भूभागको १.०२%)
  • होचो भाग: समुद्र सतहबाट ५४४ मिटर (तल्लो डुङ्गेश्वर)
  • अग्लो भाग: ४१६८ मिटर (महाबुलेक)
  • भूगोल

राजनीतिक हिसावले यस जिल्लालाई ७गा.पा, ४ नगरपालिका, २ निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा विभाजित गरिएको छ:- [१] नदी तटदेखि हिमालयसम्म फैलिएको यहांको धरातलीय स्वरूपलाई निम्न लिखित ३ भागमा विभाजित गर्न सकिन्छ:[१]

  • नदी निर्मित तट (५४४–१०००मि.),
  • मध्य पहाडी क्षेत्र (१०००–२१००मि.)
  • महाभारत श्रृंखला एवं पर्वतीय भूभाग (२१००मि. भन्दा माथि)

यी धरातलीय स्वरूपहरूले जिल्लाको क्रमसः करिव १०%, ३७%, र ५३% भूभाग ओगटेका छन। मध्य पहाडी क्षेत्रमा जिल्लाको ८५% भन्दा बढी जनसङ्ख्या एवम् बस्ती केन्द्रित छ। [१]

प्रशासनिक विभाजन

निर्वाचन क्षेत्र संख्या     २

प्रदेश निर्वाचन क्षेत्र      ४

दैलेख जिल्लामा जम्मा ६० वटा गा.वि.स.हरू थिए। हाल बनेको नयाँ नेपालको ढाँचा अनुशार दैलेख जिल्लाका विभिन्न गाविसहरूलाई जोडेर यस जिल्लमा ४ नगरपालिकाहरू र ७ वटा गाउँ पालिकाहर बनाईएका छन् ।

  • पर्यटन

जिल्लाको मध्यपश्चिम हुदै बग्ने छामगाड खोला र पूर्वी भेग हुदै बग्ने लोहोरे खोलाको सङ्गमस्थल चुप्रा दैलेख जिल्लाको सबैभन्दा आकर्षक भौगोलिक स्थल मानिन्छ। खस राजा नागराजको हिमाली राज्यको शीतकालीन राजधानी दैलेख दुल्लुक्षेत्रमा अवस्थित पञ्चकोशी तीर्थस्थल मध्ये श्रीस्थान र नाभिस्थान भित्र नित्य प्रज्वलित ज्वाला जी राष्ट्रिय स्तरकै धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको रूपमा चर्चित छन्। दैलेख जिल्लाको भुर्तीमा रहेका २२ वटा देवललाई विश्व सम्पदा सूचीमा राखिएको छ यस्तै रावतकोटमा रहेको पञ्चदेवलहरू दैलेख जिल्ला सदरमुकाममा रहेको कोत गढी र दुल्लु क्षेत्रमा रहेका कृतिखम्बा, सातखम्म, पटङ्गेनी दरबार, जंग बहादुर राणाका पिता बाल नरसिंह कुवँरको समाधीको नामले चिनिने मासको पिठोको लिउन लगायर निर्माण गरिएको बालेश्वर मन्दिर लगायत अनेकौँ पौराणिक शिलालेखहरू यहाँका प्रमुख पर्यटकिय स्थानहरू हुन्![१]

  • दैलेख जिल्लामा रहेका सम्पदाहरूको सूची

दैलेख जिल्लाको विभिन्न ठाउँहरूमा ऐतिहासिक मूर्त सम्पदाहरू छरिएर रहेका छन्। हालसम्म जानकारी हुन सकेका मूर्त ऐतिहासिक सम्पदाहरूको विवरण निम्न प्रकार रहेको छ।[२]

क्र.सं.

विवरण

क्षेत्र नं. १

क्षेत्र नं. २

जम्मा सङ्ख्या

अभिलेख स्तम्भ तथा वीरखम्बाहरू

५५

६४

अभिलेखहरू

६१

६६

मठ मन्दिरहरू

१४

२०

देवलहरू

७४

३६

११०

गढी, दरबार तथा पौवाहरू

धारा तथा नाउलीहरू

१२

 

कुल जम्मा

१०२

११७

२७९

  • अर्थतन्त्र

आर्थिक दृष्टिकोणले यो जिल्लालाई विकट जिल्लाको रूपमा लिइने गरिन्छ। [१] नेपालका दन्द्व प्रभावित जिल्लाहरू मध्य दैलेख पनि एक हो। विकास निर्माणका कार्यमा फट्को मार्न लागेको दैलेख जिल्ला दन्द्वकालमा निष्क्रिय जस्तै देखिए पनि अब यहाँ तिब्र रुपले विकास निर्माणका कामहरू सञ्चालन भइरहेका छन्। यस जिल्लाका सबै प्रमुख व्यापारीक केन्द्रहरूमा यातायातको राम्रो सुविधा छ। जस्तै खड्कावाडा देखी पिपलकोट सम्मको कर्णाली राजमार्गका साथै रानिमत्ता - महावु, चुप्रा - मेहलतोली, तल्लो डुङ्गेश्वर - दुल्लु, दुल्लु - कुसापानी, दैलेख - दुल्लु, रामघाट - सिंगासैन, दैलेख - नौमुले जस्ता करिब ६०० कि.मी. भन्दा बढी अधिकांश ग्रामिण सडकहरू सञ्चालनमा आइ सकेका छन्। दैलेख जिल्लामा २५ सैया युक्त जिल्ला अस्पताल उपलब्ध छ। यसका साथै प्रतेक गा.वि.स.मा स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी र प्रसुतीगृहहरू निर्माण भएका छन्। करिब ६१% शाक्षरता रहेको यस जिल्लामा हाल ४ वटा क्याम्पस, १५ वटा उच्च माध्यमिक विद्यालय, ५० वटा माध्यमिक विद्यालय, १०६ वटा निम्न माध्यमिक विद्यालय, ४१० वटा प्राथमिक विद्यालय र ५ वटा निजी विद्यालयहरू सञ्चालनमा रहेका छन्।[३] यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरू यस प्रकार रहेका छन्।:-

  • दैलेख बजार
  • चुप्रा
  • नौमूले
  • तल्लो डुङ्गेश्वर
  • माथिल्लो डुङ्गेश्वर
  • बेस्तडा
  • डांडीमाडी
  • दुल्लु
  • टुनीबगर
  • राकम कर्णाली
  • लकान्द्रा
  • रामाघाट
  • धरम पोखरा
  • गुरांसे
  • खम्बगाडे
  • खिडकी जिउला
  • पर्यटन विकासकालागि पूर्वाधार निर्माण र प्राकृतिक सम्पदाको संरक्षण

मानव सभ्यताको विकाससँगै निर्माण भएका धार्मिक तथा ऐतिहासिक महत्व बोकेका पुरातात्विक सम्पदा तथा प्राकृतिक रूपमा नै विशिष्ट स्थान र महत्वकारूपमा रहेका सम्पदाको संख्या नेपालमा धेरै छन्। त्यसमा पनि दैलेख जिल्ला त्यस्तो विशिष्ट स्थान कायम गरेको जिल्ला हो जहाँ धार्मिक सांस्कृतिक र ऐतिहासिक रूपमा भिन्नै खालको पहिचान दिन सक्ने निरन्तर बलिरहने ज्वालाहरूको क्षेत्र खस सभ्यताले सृजना गरेका पुरातात्यिक र ऐतिहासिक धरोहरहरू भएको क्षेत्र हो। यस क्षेत्रका नागरिकको बढ्दो क्रयशक्ति विविधता भित्र रमाउने चाहना राजनीतिक सामाजिक आर्थिक तथा साँस्कृतिक रूपान्तरण उन्मुख वर्तमान समाज विशेषको कारणले दैलेखमा पर्यटकीय संभावना प्रचुरमात्रामा रहेको छ। यसमा मात्र आवश्यकता रहेको छ गुणस्तरीय पूर्वाधार निर्माण र दृढ पहलकदमीको। नागरिकको बढ्दो आवश्यकता र माग परिपूर्तिका लागि सार्वजनिक निकायहरूबाट वस्तु र सेवा प्रवाह गरेजस्तै पर्यटन विकासकालागि पूर्वाधार निर्माण यसको संरक्षण र प्राकृतिक संपदाको संरक्षण तथा प्रचार प्रसारको आवश्यकता पर्दछ। नेपालको ऐतिहासिक धार्मिक र पर्यटकीय जिल्लाको रूपमा परिचित यस जिल्लाका राजनीतिक दलका प्रमुख तथा कार्यकर्ताहरू सरकारी निकायहरू विकासका साझेदार संस्थाहरू गै।स।स सचेत नागरिक समाज नीजि क्षेत्र र नागरिकहरू तथा यसको समावेशी र प्रतिनिधिमूलक समुदायमा आधारित संस्थाहरूको प्रयासको समग्रताबाट नै पर्यटन क्षेत्रमा फट्को मार्ने गरी विकास संभव हुन्छ। पर्यटन आफैमा विकासको एउटा पाटो हो भने पर्यटन विकासकालागि पूर्वाधार अनिवार्य शर्त हो। यसै सेरोफेरोमा रहेर दैलेखलाई यसरी हेर्न सकिन्छ

 

 

  • दैलेख जिल्लामा उद्गम भएका विभिन्न जातीहरू

दैलेख जिल्लालाई विभिन्न जात जातीहरूको उद्गम स्थलको रूपमा पनि लिन सकिन्छ किन भने यो जिल्लाका विभिन्न स्थलहरू जस्तै :-

इत्यादी ठाउँहरूबाट माथि उल्लेखित जातीहरूको उद्गम भएको मानिन्छ । माथी उल्लेखित जातीहरू संसारको जुन सुकै कुनामा बसे पनि आफ्नो उद्गम स्थानको रूपमा दैलेख जिल्लालाई चिन्दछन्। उनीहरूलाई दैलेख जिल्लाको बारेमा राम्रो जानकारी गराएर उनीहरूलाई आफ्नो उद्गम स्थल सम्म पुग्न सहज वातावरण बनाएमा यस जिल्लाको महत्व बढ्न सक्ने छ।

 

  • दैलेख जिल्लाका पर्यटकिय स्थानहरू

दैलेख भौगोलिक दृष्टीले पहाडी जिल्ला भएकाले यहाँ थुप्रै पर्यटकिय क्षेत्रहरू रहेका छन् । नेपालकै प्रमुख मानिने पंचकोशी तिर्थस्थल यसै जिल्लामा अवस्थित छ । नेपालकै प्रमुख मानिने एक मात्र शिलालेख दूल्लु स्थित कृतिखम्मका साथै वैज्ञानिकहरूका अनुसार मृत ज्वालामुखि मानिएको धुलेश्वर यसै जिल्लामा अवस्थित छ । साथै नेपालकै चर्चित मानिएको पेट्रोल, ग्याँस तथा मट्टितेलको खानि पनि यसै जिल्ला मिल्न सक्ने सम्भावना छ । प्राचिन मत अनुसार डुन्गेश्वरमा दधिचि ऋषिको आश्रम रहेको विश्वास गरिन्छ । यस्तै बैकको लेकलाई महाभारतरामायणमा बर्णन गरिएको द्रोणाचल पर्बत मानिएको छ । यस्ले पनि दैलेखको महत्व बढाउने देखिन्छ।

  • दैलेख जिल्लाका संपदा तथा प्रमुख जडीबुटीहरू

विश्वकै दुर्लभ मानिएको शमी र रुद्राक्षको रुखहरू पनि यसै जिल्लामा पाइन्छ । त्यस्तै यो जिल्लालाई काफल, चुत्रो, ऐँसेलु, रातो गुराँस, सेतो गुराँस, सुनगाभा, रक्तचन्दन, टिमुर, हतपसारो, काउलो, पाषाणभेद, अल्लो सल्ला, देवदारू, पाँगर, साल, साज, सिसौ, खयर सतुवा, असुरो जस्ता अनेकौं जडिबुटी तथा वनस्पतिहरूको खानी मानिन्छ। यदी यि अमुल्य वनस्पतीको संरक्षण गरेर यिनलाई लोप हुनबाट बचाएमा यस जिल्लाको पर्यटन विकास हुन सक्ने सम्भावना देखिन्छ।

  • प्राकृतिक सम्पदाहरू

यदी यि प्राकृतीक सम्पदाहरूको बारेमा सर्वत्र जानकारी गराएमा यस जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने सम्भावना देखिन्छ।

  • धार्मिक सम्पदा तथा मठ मन्दिहरू

दैलेख जिल्ला देवताहरूको वास स्थान भएकाले यहाँ थुप्रै धार्मिक सम्पदाहरू रहेका छन्। यहाँका केही धार्मिक सम्पदाहरू यस प्रकार रहेका छन्।

यि धार्मीक सम्पदाहरूको राम्रो प्रचार प्रसार गरेर यिनको बारेमा सबै श्रव्य तथा दृश्य माध्यमद्वारा यि सम्पदाहरूको जानकारी गराएमा दैलेख जिल्लाको पर्यटन विकास हुन सक्ने देखिन्छ।

ऐतिहासिकक सम्पदादेवल तथावीरखम्बा अभिलेखहरू

हुनत नुवाकोट देखी भारतको गढवाल सम्मको भु-भागमा विभिन्न ठाउँहरूमा प्राचिन कालमा देवलहरू निर्माण गरिएका छन्। तर सबै भन्दा बढी संख्यामा देवलहरू दैलेख जिल्लामा निर्माण गरिका छन्। स्थानिय जन विश्वास अनुसार महाभारत कालका पात्र पाण्डवहरू द्वारा निर्माण गरिएका भनिने यि देवलहरू किन र कुन प्रयोजनको लागी निर्माण गरिएका हुन् भन्ने आजसम्म कुनै ठोस प्रमाणहरू जुट्न सकेका छैनन्। दैलेख जिल्लाको विभिन्न क्षेत्रमा छरिएर रहेका देवलहरू र अन्य सम्पदाहरू यस प्रकार रहेको छ।

  • देवलहरू
    • भूर्तिमा रहेका २२ देवलहरू
    • रावतकोटमा रहेका देवलहरू
    • रानीवनमा रहेका देवलहरू
    • किमुगाउँका देवलहरू
    • किमुगाउँको एकल देवल
    • कुइकानाका पञ्चदेवल
    • कुइकानाका जोडा देवल
    • भूर्तीका पञ्च देवल
    • दुल्लु पटाङ्गनीका जोडा देवल
    • दुल्लु उपरीचैत्य धाराको मुढे देवल
    • रावतकोटका पञ्चदेवल
    • लम्जीका पञ्चदेवल
  • गढी तथा पौवाहरू
    • प्राचिन दुल्लुकोट
    • दैलेख बजारको कोतगडी
    • प्राचिन दुल्लु दरबार
    • दुल्लु गढी
    • बाइसे राज्यकालको दुल्लु दरबार
    • काजी जसपाउथापाको ऐतिहासिक पौवा
  • वीरखम्बा तथा अभिलेख सथम्भहरू
    • कीर्तिस्तम्भ
    • दामुपालको शिलालेख
    • साउना कार्की र सउका कर्क्यानीको देवल
    • दुल्लु गढीको अभिलेस्तम्भ
    • सातखम्ब गमौडी
    • दुल्लु किर्तिखम्ब नजिक रहेका वीरखम्बाहरू
    • दुल्लु गैरीपिपलको डाँडामा रहेका वीरखम्बाहरू
    • दुल्लु पौवा मार्गमा रहेको ठुलो स्तम्भ
    • दुल्लु गैरीपिपलको सडकमा रहेका वीरखम्बाहरू
    • दुल्लु पौवा मार्गमा रहेको सानो स्तम्भ
    • चक्रताको वीरखम्बा
    • डाँडीमाडीका बाह्रखम्बाहरू
    • छिउडी पुसाकोटको वीरखम्बा
    • दैलेख बजारका चारखम्बाहरू
    • सात्तलाका वीरखम्बाहरू
    • जम्बुकाँदका वीरखम्बाहरू
    • दैलेख बजारका दुइखम्बाहरू
    • जारकोटको वीरखम्बा
    • खम्मगाडेको वीरखम्बा
    • रावतकोटको वीरखम्बा
    • पिपलकोटको वीरखम्बा
  • धारा तथा नाउलीहरू
    • भूर्तीको ढुङ्गेधारो
    • खुर्सानीबरीको ढुङ्गेधारो
    • पाथरनाउली
    • कपुरनाउली
    • कल्याणधारा
    • गोमती धारा
    • रानबाडा धारा
    • रूपसे धारा
    • सिंहासैनको ढुङ्गेधारा
    • तिलेपाटा ढुङ्गेधारा
    • पिपलकोट ढुङ्गेधारा
    • बाणगंगा बडलम्जी

पर्यटकीय दृष्टिकोणले माथि उल्लिखित सबै जसो सम्पदामा सडकको पहुँच छ। हिउँदमा सवारी साधनबाट यात्रा गर्न सम्भव छ। यी सम्पदा सम्मको पहुँचकालागि जिल्ला विकास समिति र गाउँ विकास समितिहरूले निरन्तर लगानी&


Last Updated : 2082-05-18 14:07:58

© All Rights Reserved to Area Administration Office, Dullu, Dailekh .